NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ कौलाथ्व पञ्चमी - ५

परिचय

देशको संघिय संरचना अनुरुप प्रदेश स्तरमा पर्यटन सेवाको संचालन गर्नको लागि उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय स्थापना भएको र संघीय तहबाट हस्तान्तरण भएका सेवा संचालनका लागि बागमती प्रदेश सरकारबाट मिति २०७६।०४।२१ मा उपत्यका पर्यटन कार्यालयको स्थापना भई मिति २०७६।०५।१८ देखि कार्य प्रारम्भ गरेको हो | प्रारम्भ काल देखि नै यस कार्यालयले ट्राभल, ट्रेकिंग, पर्यटन यातायात, जलयात्रा, पर्यटक स्तरीय होटल, होमस्टे र पथ प्रदर्शक (टुर गाईड, ट्रेकिंग गाईड, पोटर गईड, रिभर गाईड) को इजाजत तथा विभिन्न सिफारिस(विदेशी मुद्रा कारोबार सिफारिस, पर्यटन सवारी दर्ता सिफारिस, उद्योग दर्ता सिफारिस)नवीकरण , खारेजी लगायतका पर्यटन सेवा प्रवाह सम्बन्धि कार्यहरु सम्पादन गर्दै आएको छ |

बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको मातहतमा रहेको यस कार्यालयको नाम मन्त्रिपरिषद्को निर्णयबाट संगठन संरचना तथा दरबन्दी संरचना स्वीकृत भएपश्चात पर्यटन कार्यालय काठमाडौँ कायम भएको छ।